News by: helpline
काठमाण्डौ । सरकारले रासुवाको भोटेकोशीमा आएको बाढी प्रभावित नागरिकको खोजी, र उद्धारमा खटिएक सुरक्षाकर्मी तथा कर्मचारिहरुलाई जोखिम भत्ता दिने निर्णय गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यलय सिंघडरवारमा बसेको बैठकले जोखिम भत्ता खाजा खर्च लगायत सुबिधा दिने निर्णय गरेको सरकारका प्रबक्ता सश्मित पोखरेलले जानकारी दिनुभयो। त्यसैगरी बैठकले. एसियाली विकास बैंकबाट, भोटेकोशी बाढी प्रभावित जनताको जीवन रक्षा तथा तत्कालीन आपतकालीन उद्धार तथा राहत कार्यका लागि प्राप्त हुने ५ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
त्यस्तै .रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित व्यक्ति, उद्योग, व्यापार तथा व्यवसायलाई तत्काल सुचारु गर्न एकीकृत व्यावसायिक पुनरुत्थान योजनाअन्तर्गत राहत, कर तथा महसुल छुटलगायतका अन्य सहुलियत तथा सुविधा प्रदान गर्ने निर्णय गरेको पनि प्रबक्ता पोखरेलले बताउनुभयो। त्यसैगरी बैठकले साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत् कुल २५,हजार मेट्रिक.टन परिमाणको चिनी १ प्रतिशत भन्सार महशुल लिई आयात गर्न स्वीकृति प्रदान गरेको छ । .
रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको खोज तथा उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई उद्धारका क्रममा, घाईते भएमा निशुल्क औषधोपचार तथा मृत्यु भएमा निजम्मा परिवारलाई प्रति मृतक १० लाख राहत उपलब्ध गराउने निर्णय गरेको छ । .त्यसैगरी भदौ २३ गते जेन्जी सहिद दिवसको अवसरमा नेपालभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
.त्यस्तै भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय भीषण बाढीको कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मान स्वरूप भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने निर्णय पनि बैठकले गरेको छ। उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दुतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय सरकारले गरेको छ। त्यस्तै नेपाल प्रशासन सेवा समूहीकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा नारायण प्रसाद भट्टलाई बढुवा गर्ने र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको छ। ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक