News by: helpline
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले संवैधानिक परिषद् आफ्नो नियन्त्रणमा राख्नको लागि ठूलो प्रपञ्च रचिरहेको आरोप लगाउनु भएको छ ।
बुधबार कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभापति थापाले सरकारले आफ्नो खल्तीबाट निकालिएको नामलाई प्रधानन्यायाधीश बनाउने जालझेल गरिरहेको भन्दै आपत्ति जनाउनु भएको हो । उहाँले प्रधानमन्त्री साहले आफ्नो मान्छेलाई प्रधानन्यायाधीश बनाउनका लागि संवैधानिक परिषद् सम्बन्धि अध्यादेश ल्याएको जिकिर समेत गर्नुभयो ।
संसदको अधिवेशन आह्वान गर्ने र संसदको अधिवेशन बन्द गर्ने खेल सरकारले आफ्नो मान्छेलाई प्रधानन्यायाधीश बनाउनका लागि रचिएको प्रपञ्च भएको सभापति थापाको भनाई छ । प्रधानमन्त्री साहले आफ्नो मान्छेलाई प्रधानन्यायाधीश बनाउने कुरा आफ्नो पार्टीलाई मान्य नहुने चेतावनी समेत सभापति थापाले दिनुभयो ।
साहले बिहीवार अपरान्ह ५ बजे संवैधानिक परिषद्को बैठक बोलाउनु भएको छ । बैठकमा प्रधानन्यायाधीश सिफारिस हुनसक्ने बताइएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक