2nd March 2026, Monday

२० लाख नगद धरौटी बुझाएर रिहा भए  महरा 

Post Image
3 महिना अगाडी

News by: helpline

काठमाडौं । भेपमार्फत सुन तस्करी गरेको आरोप लागेका पूर्व सभामुख कृष्णबहादुर महरालाई २० लाख धरौटीमा रिहा भएका छन् । उच्च अदालत पाटनले भेपमार्फत सुन तस्करी गरेको आरोप लागेका महरालाई २० लाख धरौटीमा रिहा गर्न बिहिबार आदेश दिएपछि महरा धरौटी रकम    बुझाएर रिहा भएका हुन् । 

न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले उक्त आदेश दिएको हो । महरालाई गत असोज अन्तिम साता नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेको थियो । पूर्व सभामुख महराविरुद्ध भेपमार्फत सुन तस्करी गरेको आरोप लागेको थियो । गत असोज २९ गते जिल्ला अदालत काठमाडौंले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

जिल्लाले थुनामा पठाएपछि त्यसविरुद्ध महरा उच्च अदालत पुगेका थिए ।“तत्काल प्रमाणहरूको आधारमा प्रतिवादीलाई थुनामा नै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने सम्मको अवस्था नदेखिएको अवस्थामा अदालतबाट थुनामा राख्ने गरी भएको असोज २९ गतेको आदेश मिलेको नदेखिँदा बदर गरिदिएको छ”, उच्च अदालत पाटनले आज बिहिबार गरेको आदेशमा भनिएको छ ।

सुन उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश गरेपछि महराले जिल्ला अदालत काठमाडौंमा नगद नै धरौटी बुझाएपछि रिहा गरिएको कठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दिपककुमार श्रेष्ठले जानकारी दिनुभयो।



No ad available.


No ad available.