News by: helpline
ललितपुर । पुल्चोकस्थित इन्जिनियरिङ्ग कलेज नजिकै रहेको दाउरा थकालीमा भएको आगलागी नियन्त्रणमा आएको छ ।
प्रहरी र नगरपालिकाको दमकलबाट आगो नियन्त्रणममा आएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार आगलागी भएको केही समयमा आगो नियन्त्रणमा लिइएको हो । एसपी मिश्रका अनुसार विद्युत् सर्ट भएर आगो लागेको बताइएको छ ।आगलागीमा कुनै मानवीय क्षति भने भएको छैन ।
आगलागीबाट भएको क्षतिको विवरण यकिन नभएको प्रहरीको भनाइ छ । आगलागीका कारण केहीबेर ललितपुरको मुख्य सडक प्रभावित भएको थियो । दाउरा थकालीमा आज दिउँसो पौने ४ बजे आगलागी भएको हो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक