12th September 2026, Saturday

लुम्बिनी प्रदेश सरकारमा नेकपाका तीन मन्त्री थपिए

Post Image
2 हप्ता अगाडी

News by: helpline

काठमाडौं । लुम्बिनी प्रदेश सरकारमा तीन मन्त्री नियुक्त हुनुभएको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले मन्त्रिपरिषद्मा तीनजना थप्नु भएको हो ।जसमा दीपेन्द्रकुमार पुनलाई स्वास्थ्य मन्त्रालय, इन्द्रजीत थारूलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र कृष्णा कुश्मा थारूलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दियएको छ । नव नियुक्त तीनै जना मन्त्री नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट सिफारिस हुनुभएको हो ।

 नयाँ नियुक्त भएका मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ प्रदेश प्रमुखको कार्यालय बुटवलमा मंगलबार हुनेछ । मन्त्रिपरिषद्का अन्य सदस्यमा तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालय, रामजीप्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालय, सन्तोषकुमार पाण्डेयलाई सहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा भण्डारीलाल अहिरलाई आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयको जिम्मेवारी दिने सिफारिस गरिएको छ।



No ad available.


No ad available.