News by: helpline
काठमाडौं । मंगलबार विहान काठमाडौंको बानेश्वरमा डिउटीमा रहेकी महिला प्रहरीमाथि हातपात गर्ने ब्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जुम्ला तातोपानी गाउँपालिका वडा २ घर भई हाल बानेश्वर–१० मा बस्ने २७ वर्षका राज कठायत रहेको प्रहरीले जनाएको छ । महिला प्रहरी जवानले जथाभावी बाटो काट्न खोजेका ती पुरूषलाई आकाशे पुलको प्रयोग गर्न अनुरोध गरेकी थिइन् ।
त्यसै क्रममा प्रहरी जवानमाथि ती पुरूषले हातपात गरेका थिए। हातपात गरेलगत्तै प्रहरीले कठायतलाई पक्राउ गरेको हो। उक्त घटनालाई लिएर समाजिक संजालमा चर्को आलोचना एवम् टिका टिप्पणीहरु भएका छन् ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक