News by: helpline
एजेन्सी । बंगलादेशमा फैलिएको दादुरा महामारीका कारण मृत्यु हुने बालबालिकाको संख्या ५ सय २८ पुगेको छ ।
बंगलादेशमा यो दशकौं यताकै दादुरा सबैभन्दा घातक प्रकोप बनेको जनाइएको छ ।मार्च १५ देखि शुरु गरिएको तथ्यांक अनुसार कूल मृतक सङ्ख्या ५ सय २८ पुगेको हो । राजधानी ढाकाका अस्पतालहरू बिरामीले भरिभराउ भएका छन् । त्यहाँ विशेष वार्ड स्थापना गरिए पनि सघन उपचार कक्ष (आईसीयू) का पर्याप्त शय्या उपलब्ध छैनन् । दादुरा सङ्क्रामक भाइरल रोग मानिन्छ । जुन खोकी र हाछ्युँमार्फत फैलिन्छ । यो रोग मुख्यतः बालबालिकामा देखिन्छ र यसले विशेषगरी कुपोषित वा खोप नलगाइएका बालबालिकामा निमोनिया, मस्तिष्क सुन्निने समस्या तथा मृत्युजस्ता गम्भीर जटिलता निम्त्याउन सक्छ । दादुरा विश्वभर खोपद्वारा रोकथाम गर्न सकिने बालमृत्युका प्रमुख कारणमध्ये एक मानिन्छ ।
१७ करोड ५० लाख जनसङ्ख्या रहेको दक्षिण एसियाली राष्ट्र बंगलादेशले महामारी नियन्त्रणका लागि व्यापक खोप अभियान सञ्चालन गरेको छ । कुनै समय धेरै हदसम्म नियन्त्रणमा रहेको मानिने दादुरा विश्वभर फेरी डरलाग्दो रुपमा फर्किएको बताइएको छ ।
सन् २०२४ देखि, दक्षिण एसिया, उत्तर अमेरिका, ल्याटिन अमेरिका र युरोपका केही भागहरूमा दादुराको प्रकोप देखा परेको छ । बंगलादेशले अहिले इतिहासकै सबैभन्दा घातक दादुरा लहरहरूको सामना गरिरहेको बताइएको छ। स्वास्थ्य अधिकारीहरूका अनुसार, बंगलादेशमा मार्च २०२६ देखि हालसम्म ५० हजार भन्दा बढी बालबालिकामा दादुरा पुष्टि भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । यसको तत्काल रोकथामका उपायहरू बलियो नबनाएसम्म अवस्था अझ बिग्रन सक्ने जनस्वास्थ्य विज्ञहरूको डर छ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक