28th July 2026, Tuesday

मुख्य सचिवमा कार्कीलाई नियुक्त गर्ने लगायत यस्ता छन् मन्त्रिपरिषदका निर्णयहरु

Post Image
2 हप्ता अगाडी

News by: helpline

काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न प्रशासनिक, शैक्षिक, स्वास्थ्य तथा सुशासनसँग सम्बन्धित महत्वपूर्ण निर्णय गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिरिषदको कार्यालय सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। त्यसैगरी, काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज शाक्यलाई नियुक्त गर्ने लागयतका विभिन्न आठबटा निर्णय गरेको छ ।

यस्ता छन् मन्त्रिपरिषद बैठकले गरेका निर्णय 

१. काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा श्री सुरज शाक्य, काठमाडौंलाई नियुक्त गर्ने ।

 २ .गेटा अस्पताल, कैलालीलाई शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गर्ने ।

३. विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३ स्वीकृत गर्ने ।

४ .शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३ स्वीकृत गर्ने

५ .कारागार नियमावली,२०८३ स्वीकृत गर्ने ।

 ६.मानव अधिकारसम्बन्धी छैटौं राष्ट्रिय कार्ययोजना (२०८३/०८४–२०८७/८८) स्वीकृत गर्ने ।

 ७ .भ्रष्टाचार विरूद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजना (२०८२ / ८३–२०८७ / ८८) स्वीकृत गर्ने ।

८. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव श्री गोविन्द बहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्ति गर्ने ।



No ad available.


No ad available.