News by: helpline
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेको छ।
विभागले सोमबार मुख्यमन्त्री बानियाँको घर तथा कार्यालयहरूमा छापा मारेको हो। मुख्यमन्त्री बानियाको काठमाडौंको नक्सालमा रहेको कार्यालय, सुन्धारास्थित कार्यालय तथा हेटौंडास्थित घर र कार्यालयमा छापा मारेको हो। बानियाँ नेपाली कांग्रेस बागमती प्रदेश सभापति, बागमती प्रदेश संसदीय दल नेता तथा मुख्यमन्त्री हुनुहुन्छ । बानियाँले आफ्नो घर र व्यावसायिक कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेपछि आपत्ति जनाउनु भएको छ ।
सोमबार प्रेस विज्ञप्ति जारी गर्दै बानियाँले हेटौँडा र काठमाडौंस्थित घर तथा आफू संलग्न रहेको ‘बानियाँ निर्माण सेवा’को कार्यालयमा विभागले छापा मारेर कागजात नियन्त्रणमा लिएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्नुभएको छ । उहाँले विगत ४० वर्षभन्दा लामो राजनीतिक यात्रा पश्चात हाल आफू मुख्यमन्त्रीको जिम्मेवारीमा रहेको उल्लेख गर्दै सुशासनका कार्यमा सहयोग गर्न आफू तत्पर रहेको विज्ञप्तिमा उल्लेख छ ।
तर, सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त समाज निर्माण आफ्नो प्रमुख प्राथमिकता रहेको भन्दै बानियाँले छापा परेपछि भने आफ्नो व्यक्तिगत एवं सामाजिक चरित्रमाथि आघात पुगेको बताउनु भएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक