3rd June 2026, Wednesday

मानव अधिकार आयोगद्वारा जेनजी आन्दोलनको प्रतिवेदन सार्वजनिक,रास्वपाका १७ जना सांसदमाथि अनुसनधान गर्न सिफारिस

Post Image
6 दिन अगाडी

News by: helpline

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले गत भदौ २३ गते जेनजी प्रदर्शनमा भएको दमन र त्यसको भोलिपल्टको घटनाबारे छानबिन प्रतिवेदन सार्वजनिक गरेको छ ।

आयोगले आज बुधबार प्रतिवेदन सार्वजनिक गरेको हो । आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा भदौ २३ र २४ गतेको घटनामा मानव अधिकार उल्लंघनका विषयमा अनुसन्धान गर्न समिति गठन गरिएको थियो । समितिको प्रतिवेदनका आधारमा आयोगले त्यसबेला सरकारको नेतृत्वमा रहनुभएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन मन्त्री पृथ्वी सुब्बा गुरुङलाई मानव अधिकार उल्ल.घनकर्ताका रूपमा किटान गरेको छ ।

आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने सहित उक्त दलका १७ जना सांसदमाथि २३ र २४ भदौको घटनामा अनुसन्धान गर्न सिफारिस गरेको छ । 

सभापति लामिछाने नख्खु कारागारबाट निस्किँदा कैदीबन्दी बाहिर पठाउन संलग्नता रहेको किटान सहित उहाँ माथि सूक्ष्म अनुसन्धान गर्न आयोगले सिफारिस गरेको छ । त्यही घटनामा प्रवक्ता मनिष झा र नेता हरि ढकाललाई पनि अनुसन्धान गर्न भनिएको छ ।

 यसैगरी आयोगको प्रतिवेदनमा सांसदहरू रास्वपाका सांसदहरु गणेश कार्की, सुलभ खरेल, बब्लु गुप्ता, कृष्ण कार्की, डा.तोषिमा कार्की, राजीव खत्री, केपी खनाल, दीपक बोहरा, ज्वाला सङ्ग्रौला, पुरुषोत्तम यादव, सुधन गुरुङ र आशिका तामाङलाई समेत अनुसन्धान गरी दोषी देखिए कारबाही गर्न  भनिएको छ ।



No ad available.


No ad available.