News by: helpline
जनकपुरधाम । मधेश प्रदेशको नयाँ मुख्यमन्त्रीमा लोकतान्त्रिक समाजवादी (लोसपा)का नेता जितेन्द्र सोनल नियुक्त हुनु भएको छ ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले लोसपा नेता सोनललाई मुख्यमन्त्रीमा आज मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । कांग्रेस मधेश संसदीय दलका नेता कृष्णप्रसाद यादवले पनि मुख्यमन्त्रीमाा दाबी पेश गर्नु भएको थियो । सोनल र यादव दुबैले दाबी पेश गरेकोमा प्रदेश प्रमुख भण्डारीले सोनललाई मुख्य मन्त्रीमा नियुक्त गर्नुभएको हो । संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख भण्डारीले सोनललाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।
६ दलको समर्थनमा सोनलले ५७ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख कार्यालयमा मुख्यमन्त्रीका लागि दाबी पेस गर्नुभएको थियो । उता कांग्रेसका कृष्णप्रसाद यादवले पनि ५८ प्रदेश सभा सदस्यको हस्ताक्षरमा अर्को दाबी पेस गर्नुभएको थियो ।
सोनललाई मुख्यमन्त्रीमा नियुक्त गरेपछि नेपाली कांग्रेसका नेता कार्यकर्ताले मधेश प्रदेश प्रमुख कार्यालयमा नाराबाजी गरेका थिए । उनीहरूले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले लोसपा नेता सोनललाई मुख्यमन्त्रीमा गरेको नियुक्ति असंवैधानिक रहेको भन्दै बदरको माग गरेर प्रदर्शन गरेका हुन् । सोनलको नियुक्ति खारेज गर्नुपर्ने माग उनीहरूले राखेका छन् ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक