News by: helpline
काठमाडौं । नागरिक अगुवा एवं पूर्व अर्थमन्त्री देवेन्द्रराज पाण्डेको पशुपति आर्यघाटमा शनिबार अन्त्येष्टि गरिएको छ ।
नागरिक आन्दोलनका अगुवा पाण्डेको ८७ वर्षको उमेरमा शुक्रबार साँझ ७ बजेर ४० मिनेटमा विशालनगरस्थित आफ्नै निवासमा निधन भएको थियो । नेपालको लोकतान्त्रिक तथा नागरिक आन्दोलन, नेपालको अर्थतन्त्र तथा विकास प्रशासन र सुशासनका क्षेत्रका पाण्डेको महत्वपूर्ण योगदान छ ।
२०४६ सालको आन्दोलनपछि कृष्णप्रसाद भट्टराईको नेतृत्वमा बनेको अन्तरिम सरकारमा २०४७ देखि २०४८ सम्म उहाँ अर्थमन्त्री बननु भएको थियो । तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०५९ सालमा शासनसत्ता हातमा लिएपछि लोकतन्त्रका पक्षमा नागरिकको तहबाट चलाइएको अभियानमा अगुवाको भूमिका निर्वाह गर्नुभएको थियो ।
उहाँ सुशासन, लोकतन्त्र, विकास, भ्रष्टाचार नियन्त्रण र उत्तरदायी राज्य व्यवस्थाका पक्षधर हुनुहुनथ्यो । पाण्डेप्रति श्रद्धाञ्जलि व्यक्त गर्न नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठ र अग्निप्रसाद सापकोटा, प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियार लगायत नागरिक समाजका अगुवा, लेखक तथा अभियान्ताहरु पशुपति आर्यघाट पुग्नुभएको थियो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक