News by: helpline
काठमाडौं। नेकपा (एमाले) ले बाढी प्रभावित क्षेत्रको पुनःस्थापना र राहत व्यवस्थापनका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड २० लाख रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ ।
राहत उद्धार कोषमा जम्मा गर्नका लागि एमाले राजधानी प्रदेशको तर्फबाट १० लाख रुपियाँको चेक पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई हस्तान्तरण गरेको छ । बागमती प्रदेश कमिटीको तर्फबाट प्रदेश इन्चार्ज महेश बस्नेतले सो चेक हस्तान्तरण गर्नुभएको हो । एमालेले बस्नेतकै संयोजकत्वमा ‘बाढीपीडित उद्धार, राहत तथा पुनःस्थापना सहयोग समिति’ समेत गठन गरेको छ। पीडित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि इमानदार प्रयास गरिने पार्टी सचिव समेत रहनुभएका बस्नेतले बताउनुभयो ।
समितिले बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत सामग्री संकलन तथा वितरण, आर्थिक तथा मानवीय सहयोग परिचालन र दीर्घकालीन पुनःस्थापनाका लागि आवश्यक समन्वय गर्ने उहाँको भनाइ छ ।
समितिमा पार्टीको प्रदेश तथा जिल्ला कमिटी, विभिन्न जनसंगठन, जनप्रतिनिधि तथा सम्बन्धित क्षेत्रका जिम्मेवार नेताहरूलाई समेटिएको छ। एमालेले उद्धार, राहत तथा व्यवस्थापनका लागि पार्टी कार्यकर्तालाई रसुवा र नुवाकोटको प्रभावित क्षेत्रमा परिचालन गरिसकेको जनाएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक