13th September 2026, Sunday

नोना कोइराला स्मृति प्रतिष्ठानद्धारा १ लाख रुपैयाँ सहयोग

Post Image
1 हप्ता अगाडी

News by: helpline

काठमाण्डौ। रसुवा र नुवाकोटमा आएको बिनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि नोना कोइराला स्मृति प्रतिष्ठानले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

 यहि २०८३ भाद्र १० गते बुधवारका दिन नेपाल-चिन सिमानामा आएको बाढी पीडितको लागि प्रतिष्ठानले सहयोग प्रदान गरेको हो। प्रजातन्त्र सेनानी तथा महिला नेतृ नोना कोइरालाको स्मृतिमा स्थापना भएको यस सामाजिक संस्था हो। प्रतिष्ठान सामाजिक क्षेत्रमा क्रियाशील संस्था हो ।

 संस्थाको संरक्षक नेपाली कांग्रेसका नेता शेखर कोइराला तथा अध्यक्ष श्रीमती पुनम कोइराला हुनुहुन्छ । भोटेकोशीमा आएको आकश्मिक विनाशकारी बाढीले रसुवा र नुवकोटमा अकल्पनीय क्षति पुगेको छ। सरकारले बिभिन्न संघ संस्था तथा निजी क्षेत्र लगायतलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न आग्रह गरेको छ।



No ad available.


No ad available.