News by: helpline
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ ।
बिहीबार प्रतितोला २ हजार रूपैयाँले घटेको सुनको मूल्य शुक्रबार प्रतितोला २ हजार १ सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख ६७ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेकोे छ। बिहीबार सुन प्रतितोला २ लाख ६५ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो। शुक्रबार चाँदीको मूल्य भने घटेको छ ।
बिहीबार तोलामा ४ हजार ८ सय ३५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ४ हजार ७ सय ८० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबारको तुलनामा प्रतितोला ५५ रूपैयाँ घटेको हो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने