News by: helpline
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका प्रदर्शनकारीमाथि बर्बर दमन गरेको ठहर गर्दै नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेलसहितका उच्च सुरक्षा अधिकारीहरूलाई विभागीय कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ।
आयोगले जेनजी प्रदर्शनमा भएको दमन र त्यसको भोलिपल्टको घटनाबारेको छानबिन प्रतिवेदन बुधबार सार्वजनिक गर्दै सो कुरा उल्लेख गरेको हो । आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा भदौ २३ र २४ गतेको घटनामा मानव अधिकार उल्लंघनका विषयमा अनुसन्धान गर्न समिति गठन गरिएको थियो ।
समितिको प्रतिवेदनका आधारमा आयोगले उनीहरूलाई तत्काल कानुनी दायरामा ल्याएर विभागीय कारबाही गर्न सरकारलाई निर्देश गरेको हो। यसरी कारबाहीको दायरामा तानिने अन्य अधिकारीहरूमा प्रहरी नायब महानिरीक्षक ओम विक्रम राणा, प्रहरी वरिष्ठ उपररीक्षक विश्व अधिकारी, सशस्त्र प्रहरी उपरीक्षक जीवन केसी, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक कृष्ण खनाल र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल रहेका छन्। यसका साथै, भदौ २३ गतेको आन्दोलनका क्रममा बानेश्वर तथा संसद् भवन आसपासको क्षेत्रमा प्रत्यक्ष परिचालन भएका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका फिल्ड कमाण्डरहरूलाई समेत कारबाही गर्न आयोगले सरकारलाई भनेको छ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक