3rd June 2026, Wednesday

नेपाल प्रेस युनियनको केन्द्रीय समितिको बैठक सुरु

Post Image
10 महिना अगाडी

News by: helpline

काठमाडौं । लोकतान्त्रिक पत्रकारहरूको छाता संगठन नेपाल प्रेस युनियनको केन्द्रीय समितिको बैठक सुरू भएको छ ।

काठमाडौंको थापागाउँस्थित कार्निभल रेष्टुरेन्टमा प्रेस युनियनको केन्द्रीय समितिको बैठक सुरू भएको हो ।बैठकमा युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसीले स्वागत गरेका छन् । साथै युनियनको मनोनीत सल्लाहकारहरू तेज प्रकाश पण्डित, विपुल पोखरेल तथा केन्द्रीय समिति सदस्यहरू कोषराज अधिकारी, विनोद कुमार मल्ल, रवीन्द्र सिंह, जितबहादुर भण्डारी, दिपेन्द्र बस्नेत र शिव देवकोटालाई स्वागत गरिएको छ।

 युनियनको केन्द्रीय समितिको बैठकमा तीन वर्षे कार्यकालको समीक्षा, कार्यसमितिको पदावधि थप, शाखा, प्रदेश अधिवेश र केन्द्रीय अधिवेशनको मिति तोक्ने, विधान संशोधन तथा विधान सभाको आयोजना, सदस्यता शुद्धीकरण, सांगठनिक गतिविधि तथा विभागहरूको क्रियाशीलता, लोमन्थाङ अन्तर्राष्ट्रिय मिडिया समिटको समीक्षा, आर्थिक प्रतिवेदन लगायतका विषयमा छलफल हुनेछ। बैठकमा युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले केन्द्रीय महाधिवेशन जेठमा गर्ने गरी तयार गर्नु पर्ने बताएका छन् ।यस्तै आजको बैठकमा पदाधिकारीहरूले आफ्नो धारणा राख्नेछन् ।



No ad available.


No ad available.