News by: helpline
काठमाडौं । नेपाली सेनाले संचालन गरेको चार दिने ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ आज बिहिबार सम्पन्न भएको छ ।
यही वैशाख २८ गतेदेखि नेपाली सेनाको भद्रकालीस्थित जङ्गी अड्डामा यो अभिमुखीकरण कार्यक्रम सञ्चालन भएको थियो । समापन कार्यक्रममा जनसम्पर्क तथा सूचना निर्देशक सहायक रथी राजाराम बस्नेतले अभिमुखीकरणमा सहभागिता जनाएका २९ सञ्चारकर्मीलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
अभिमुखीकरणमा सहभागी सञ्चारकर्मीलाई नेपाली सेनाको विविध विषयमा जानकारी गराउनुका साथै विपद् प्रतिकार्य एवं समसामयिक विषयमा अन्तरक्रिया गराइएको थियो ।
सो अवसरमा विगत लामो समयदेखि काठमाडौं तथा आसपासका जिल्लामा नेपाली सैनिक रेडियो कार्यक्रम प्रसारण गर्ने बिभिन्न्न पाँच वटा एफएम रेडियो स्टेशनलाई सम्मानस्वरूप कदरपत्र प्रदान गरिएको थियो । अभिमुखीकरणबाट देशका विभिन्न स्थानमा कार्यरत सञ्चारकर्मीलाई नेपाली सेनासम्बन्धी समाचार संकलन तथा सम्प्रेषणमा सहजता एवं स्पष्टता हुने विश्वास नेपाली सेनाले लिएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक