News by: helpline
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार नेपालले पनि भारतको सीमा मिचेको भनेर दिएको अभिव्यक्तिको सर्बत्र बिरोध भएको छ ।
प्रतिनिधि सभाको बैठकमा भारतले नेपालको लिपुलेक र कालापानीमा सीमा मिचेको बिषयमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले भारतले मात्रै नभई नेपालले पनि भारतको सीमा मिचेको जवाफ दिनु भएको थियो ।
आफ्नै देशको प्रधानमन्त्रीबाट यस्तो अभिव्यक्ति आउनु राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र स्वाभिमानको पक्षमा दृढतापूर्वक उभिएका नेपाली जनताका लागि लज्जास्पद र आक्रोशजनक भएको भन्दै यसको बिरोध भएको हो ।
सीमाविद् बुद्धिनारायण श्रेष्ठ, प्राध्यापक डा. पीताम्बर शर्मा, प्राध्यापक डा. नरेन्द्र खनाल, डा. जगत भुसाल, अन्तर्राष्ट्रिय सीमाविद् प्रभाकर शर्मा र डा. द्वारिकानाथ ढुङ्गेलले खेद विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिले आश्चर्यचकित बनाएको बताउनु भएको छ ।
उहाँहरुले प्रधानमन्त्रीले कुन आधारमा यस्तो धारणा व्यक्त गरेको हो स्पष्ट पार्न आग्रह गर्नुभएको छ । त्यसैगरी बिभिन्न राजनीतिक दल,बुद्धिजीबि लगायतले पनि प्रधानमन्त्री शाहको अभिब्यक्तिको निन्दा गरेको छन् ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक