News by: helpline
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको शतकसँगै नेपालले आइसिसी विश्वकप लिग–२ मा संयुक्त अरब इमिरेट्स (युएई) लाई पराजित गरेको छ ।
शुक्रबार कीर्तिपुरस्थित त्रिभुवन विश्वबिद्यालयको किक्रेट मैदानमा भएको खेलमा नेपालले युएईलाई ६ रनले हरायो । यो जितसँगै सिरिजमा नेपाल युएईलाई दुवै खेलमा हराउन सफल भयो । नेपालले यसअघि पहिलो खेलमा युएईलाई ३७ रनले हराएको थियो ।
वर्षाले प्रभावित खेलमा जितका लागि ३८ ओभरमा दुई सय ५५ रनको लक्ष्य पछ्याएको युएईले निर्धारित ओभरमा आठ विकेटको क्षतिमा दुई सय ४८ रन मात्र बनाउन सक्यो । त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा दुई सय ८९ रन बनाएको थियो ।
अब नेपालले यस सिरिजको अन्तिम खेल ओमानसँग वैशाख २२ गते खेल्नेछ । त्यसपछि नेपालले घरेलु मैदानमै वैशाख २९ देखि जेठ ८ गतेसम्म अमेरिका र स्कटल्यान्डसँग आइसिसी विश्वकप लिग–२ कै अर्को सिरिज खेल्ने तय भएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक