News by: helpline
काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज मंगलबार भएको खेलमा नेपाल विजयी भएको छ । कीर्तिपुर स्थित त्रिभुवन बिश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको अन्तिम खेलमा ओमानलाई ८१ रनले हराउँदै नेपाल विजयी भएको हो । नेपालको जितमा आसिफ शेखको ९४ रन र गुल्सन झाको उत्कृष्ट बलिङ निर्णायक रह्यो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपाललले ५९.५ ओभरमा सबै विकेट गुमाएर २५६ रन बनाएको थियो ।
नेपालले दिएको २५७ रनको लक्ष्य पछ्याएको ओमान ३९.५ ओभरमा १७५ रनमै अलआउट भयो । नेपालका लागि गुल्सन झाले ५ विकेट लिए ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक