3rd June 2026, Wednesday

ओली र लेखकलाई चैत २६ मा हिरासत मुक्त गर्न सर्वाेच्चको आदेश

Post Image
1 महिना अगाडी

News by: helpline

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक माथिको अनुसन्धान २६ चैतभित्र सक्न आदेश दिएको छ।

न्यायाधीश विनोद शर्मा र सुनिल कुमार पोखरेल को संयुक्त इजलासले उनीहरूलाई तत्काल थुनामुक्त गर्न अस्वीकार गर्दै उहाँहरुलाई जिल्ला अदालत काठमाडौंबाट थपिएको ५ दिने म्याद समाप्त भएपछि हिरासतमुक्त गर्न आदेश दिएको हो । जिल्ला अदालतले २१ चैतदेखि लागु हुने गरी तेस्रोपटक ५ दिनको लागि म्याद थप गरेको थियो ।

अदालतले तोकिएको समयसीमाभित्र अनुसन्धान सम्पन्न गर्न निर्देशन दिँदै सो अवधिमा प्रक्रिया पूरा हुन नसके दुवैलाई हिरासतबाट मुक्त गर्नुपर्ने स्पष्ट पारेको छ। आदेशमा फौजदारी कार्यविधि संहिताअनुसार प्रक्रिया पूरा गरी थप अनुसन्धान अघि बढाउन भनिएको छ। गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा १९ जनाको ज्यान जानेगरी बल प्रयोग भएको तथा त्यसलाई रोक्न प्रयास नभएको आरोपमा चैत १४ गते उहाँहरु पक्राउ पर्नु भएको थियो ।

सो प्रकरणमा ज्यानसम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालत काठमाडौं को अनुमतिमा प्रहरीले उहाँहरुलाई हिरासतमा राख्दै आएको छ। जेनजी आन्दोलन जाँचबुझ गर्न गौरी बहादुर कार्की नेतृत्वमा गठन भएको आयोगले दिएको प्रतिवेदनका आधारमा ओली र लेखकलाई पक्राउ गरिएको थियो ।



No ad available.


No ad available.