3rd June 2026, Wednesday

ओलीको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमा कारण देखाउ आदेश

Post Image
2 महिना अगाडी

News by: helpline

काठमाडौं । सर्वोच्च अदालतले एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको रिहाइको माग गरिएको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमा कारण देखाउ आदेश दिएको छ।

पूर्व प्रधानमन्त्री पत्नी राधिका शाक्यले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश मेघराज पोखरेलको इजलासले कारण देखाउ आदेश जारी गरेको हो ।

गत भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले गरेको कारबाही सिफारिसका आधारमा भन्दै सरकारले गत शनिवार बिहानै तत्कालिन प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको थियो।

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न माग गरिएको निवेदनमाथि आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश आनन्द श्रेष्ठको इजलासले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।



No ad available.


No ad available.