News by: helpline
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँचदिने औपचारिक भ्रमणका क्रममा सोमबार भारतको राजधानी दिल्ली पुग्नु भएको छ ।
लामिछाने भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा सोमबार भारत भ्रमणमा जानु भएको हो । दिल्लीस्थित विमानस्थलमा लामिछानेलाई भाजपाका महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गर्नुभएको थियो ।
भ्रमणका क्रममा लामिछानेले मंगलबार बिहान ११ बजे भाजपाको मुख्यालयमा पार्टी अध्यक्ष नितिन नविनसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। त्यसैगरी, जेठ २० गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका तय भएको बताइएको छ।
भ्रमणका क्रममा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल तथा विदेशमन्त्री एस. जयशंकरसँग पनि लामिछानेको भेटवार्ता हुने जनाइएको छ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक