12th September 2026, Saturday

पछिल्ला पाँच दिनमा ३३ हजार ६सय बढी सिलिण्डर ग्यास बिक्री

Post Image
49 मिनेट अगाडी

News by: helpline

काठमाडौं । पछिल्लो पाँच दिनमा काठमाडौं उपत्यकामा विभिन्न कम्पनीका दुई लाख ३३ हजार ६६२ सिलिण्डर ग्यास बिक्री गरिएको छ ।

पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा गएको पहिरोको कारण राजमार्ग अवरुद्ध भएपछि नेपाल आयल निगमले तराईका उद्योगमा सिलिण्डर रिफिल गरी बैकल्पिक बाटोबाट ती सिलिण्डर काठमाडौंमा ल्याई बिक्री गरिएको जनाइएको छ ।

निगमका अनुसार सोमबार ४८ हजार १०९, मंगलबार ४६ हजार २१८, बुधबार ५३ हजार ४६९, बिहीबार ४५ हजार २३० र बिहीबार ४० हजार ६३६ थान सिलिण्डर काठमाडौं ल्याएर बिक्री गरिएका छन् । पृथ्वी राजमार्ग नियमित सञ्चालन नहुँदासम्म वैकल्पिक मार्गबाट ग्यास सिलिण्डर काठमाडौँ ल्याई बिक्री गरिने निगमले जनाएको छ ।



No ad available.


No ad available.