News by: helpline
काठमाडौं । नेपाल स्थित पाकिस्तानी राज दूतावासले स्वतन्त्रता दिवस ‘मार्का–ए–हक’ राष्ट्रिय गौरव र सम्मानका साथ मनाएको छ।
सो अवसरमा दूतावासमा आयोजित कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाशमीले दूतावासका अधिकारीहरू, पाकिस्तानी समुदायका सदस्यहरू, उनीहरूका परिवार र पाकिस्तानका नागरिकहरुको उपस्थितिमा राष्ट्रिय झण्डा फहराउनु भएको थियो । सो अवसरमा पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारी, प्रधानमन्त्री मोहम्मद शहबाज शरीफ तथा उपप्रधान तथा विदेशमन्त्री मोहम्मद इशाक दारका सन्देशहरू वाचन गरिएको थियो।
राष्ट्रपति जरदारीले आफ्नो सन्देशमा ‘मार्का–ए–हक’ ले पाकिस्तानको प्रतिरोध क्षमता केवल नारामा सीमित नभई व्यावसायिक क्षमता, तीनवटै सुरक्षा निकायबीचको समन्वय तथा जनताको दृढ संकल्पमा आधारित रहेको विश्वलाई देखाएको बताउनु भएको थियो । उहाँले देशको सार्वभौमसत्ता रक्षाका लागि ज्यान अर्पण गर्ने शहीदप्रति सम्मान व्यक्त गरेका गर्नुभएको थियो ।
त्यसैगरी पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले आफ्नो सन्देशमा उक्त दिनलाई पाकिस्तानले कठिन परिस्थितिमा देखाएको साहस र शत्रुमाथि हासिल गरेको विजयको स्मरणका रूपमा उल्लेख गर्नुभएको थियो ।
शरीफले स्थल, समुद्र, आकाश र साइबर क्षेत्रमा पाकिस्तानी सुरक्षा निकायले समन्वयात्मक रूपमा दिएको प्रतिक्रियाले पाकिस्तानलाई ‘अजेय राष्ट्र’का रूपमा स्थापित गरेको दाबी गर्नुभएको थियो ।
यसैगरी उपप्रधान तथा विदेशमन्त्री इशाक दारले दक्षिण एसियामा दिगो शान्तिका लागि जम्मु–कश्मीर मुद्दाको संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का प्रस्ताव तथा त्यहाँका जनताको आकांक्षाअनुसार समाधान आवश्यक रहेको बताउनु भएको थियो । दारले पाकिस्तान क्षेत्रीय शान्ति, संवाद र कूटनीतिक समाधानप्रति प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको थियो ।
कार्यक्रममा राजदूत हाश्मीले ‘मार्का–ए–हक’ पाकिस्तानको राष्ट्रिय एकता, दृढता र सार्वभौमसत्ता रक्षाप्रतिको प्रतिबद्धताको प्रतीक भएको बताउनु भएको थियो । उहाँले देशको सुरक्षा र भौगोलिक अखण्डता जोगाउन पाकिस्तानी जनताको एकता र सुरक्षा निकायको भूमिकाको प्रशंसा गर्नुभएको थियो । १९४७ अगस्ट १४ मा भारतबाट पाकिस्तान अलग भएर स्वतन्त्र राष्ट्रको अस्तित्वमा आएको थियो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक