News by: helpline
काठमाडौं । जेनजीले काठमाडौंमा गरेको प्रदर्शनका क्रममा एक प्रदर्शनकारीको मृत्यु भएको छ ।
उनको सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । बानेश्वरको निषेधित क्षेत्र तोडेर प्रदर्शनकारी संसद् भवन छिरेपछि अवस्था थप तनावग्रस्त भएको थियो । सिभिल अस्पतालका कार्यकारी निर्देशक मोहनचन्द्र रेग्मीले उपचारका क्रममा एक जनाको अस्पतालमा मृत्यु भएको पुष्टि गर्नुभएको छ ।
मृत्यु हुनेको नाम भने खुलेको छैन । प्रहरीले पानीका फोहरा, अश्रुग्यास र रबरका गोली प्रहार गरेको छ । प्रहरीले चलाएको गोली लागेर ७० देखि ८० जना प्रदर्शनकारी घाइते भएका छन् । घाइतेहरूको सिभिल सहित अन्य विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सामाजिक सञ्जाल बन्द र बेथिति बिरुद्ध नयाँ पुस्ताका युवा जेनजी( १३–२८ वर्ष उमेरभित्रका)हरुले काठमाडौंमा प्रदर्शन गरेका हुन ।
प्रदर्शन अनियन्त्रित भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वारा काठमाडौंका बिभिन्न स्थानमा कफ्र्यू आदेश जारी गरिएको छ । काठमाडौं बाहिरका देशका अन्य मुख्य शहरहरुमा पनि प्रदर्शन भइरहेको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक