28th July 2026, Tuesday

प्रमाण नभेएिको भन्दै एमाले उपाध्यक्ष पौडेललाई रिहा गर्न अदालतको आदेश

Post Image
1 हप्ता अगाडी

News by: helpline

काठमाडौ । विशेष अदालतले पूर्व उपप्रधानमन्त्री एवम् एमालेका उपाध्यक्ष विष्णु पौडेललाई साधारण तारिखमा रिहा गर्न आदेश गरेको छ ।

शुक्रबार विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाले एमाले उपाध्यक्ष पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश गरेको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बिहीबारमात्रै पौडेल विरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अभियोगपत्र दायर गरेको थियो।

शुक्रबारको थुनछेक बहसपछि अदालतले सम्पत्ति शुद्धीकरण सम्बन्धी प्रमाण नभेटिएको भन्दै पौडेललाई साधारण तारेखमा टाड्न आदेश दिएको हो ।

योसँगै पौडेल हिरासत मुक्त हुनु भएको छ । पौडेल गत असार ८ गते सुर्खेतबाट पक्राउ पर्नु भएको थियो । त्यसपछि उहाँलाइ पूर्पक्षका लागि थुनामा राखिएको थियो ।



No ad available.


No ad available.