News by: helpline
ललितपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिनु भएको छ ।
आज मंगलबार पार्टी कार्यालय सानेपा बसेको केन्द्रीय कार्य समिति बैठकलाई सम्बोधन गर्दै देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिनु भएको हो । जेनजी आन्दोलनका क्रममा गत भौ २४ गते प्रदर्शनकारीको आक्रमणबाट घाइते हुनुभएका देउवा र उहाँकी पत्नी आरजु राणा देउवा उपचार पछि पहिलो पटक बैठकमा उपस्थित हुनु भएको थियो ।
योसँगै निरन्तर दुइपटक कांग्रेस सभापति बनेर नेतृत्व सम्हाल्नु भएका देउवा औपचारिक रुपमा मंगलबारदेखि पार्टीको कार्यकारी भूमिकाबाट बिदा हुनुभएको छ । केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै मंगलबार देउवाले अब आफू १५ औं महाधिवेशनमा उम्मेदवार नहुने घोषणा गर्नुभयो ।
पार्टीको १५ औं महाधिवेशन सम्पन्न गर्न देउवाले उपसभापति खड्कालाई कार्यकारी सभापतिको जिम्मेवारी तोक्नु भएको छ । ६० वर्ष लामो सक्रिय राजनीतिक जीवनबाट देउवा अब अलग हुनुभएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक