News by: helpline
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र देखिएको विवाद समाधानका लागि आफू लचिलो भएर अघि बढ्न तयार रहेको बताउनुभएको छ ।
प्रजातान्त्रिक विचार समाज, नेपालको साधारणसभामा बोल्दै थापाले पार्टीभित्र विशेष महाधिवेशन पक्षधर र विपक्षी भनेर विभाजन नगरी सबैलाई समान अवसर दिनुपर्ने आफ्नो प्रस्ताव रहेको बताउनु भयो । सभापति थापाले १४औँ महाधिवेशनबाट निर्वाचित तर हाल जिम्मेवारीविहीन रहेका नेताहरूलाई पुनः केन्द्रीय संरचनामा समेटेर सम्मानसहित काम गर्न चाहेको स्पष्ट पार्नुभयो ।
“१४औँ महाधिवेशनबाट निर्वाचित धेरै नेताहरू अहिले केन्द्रीय समितिभन्दा बाहिरहुनुहुन्छ ,उहाँहरूलाई उपयुक्त जिम्मेवारी र सम्मानका साथ पार्टीभित्रै समेटेर सँगै काम गर्न चाहन्छु ।” थापाले भन्नुभयो ।
थापाले निर्वाचन समिति, सदस्यता समिति र अनुशासन समितिलगायत संरचनामा पनि सबै पक्षको सहभागिता सुनिश्चित गर्न आफू तयार रहेको बताउनुभयो । पार्टीभित्र अवसर वितरणमा कुनै प्रकारको पक्षपात नहुने उहाँको दाबी थियो । यसैबीच थापाले सदस्यता अद्यावधिक प्रक्रियालाई लिएर पार्टीभित्रै भइरहेको विरोधप्रति असन्तुष्टि जनाउनुभयो ।
देशभरका सदस्यलाई फोन, मेसेन्जर, कम्प्युटर वा वडा कार्यालयमार्फत सदस्यता नवीकरण गर्न आग्रह भइरहेका बेला केही नेताहरूले उल्टै अध्यावधिक नगर्न उक्साइरहेको आरोप थापाको छ । “कांग्रेसको सदस्यता निरन्तर गर्न आग्रह गरिरहेका बेला ‘अध्यावधिक नगर्नू’ भन्ने अभियान चलाइएको छ,” थापाले भन्नुभयोे, “यो आखिर केका लागि ?” थापाले सबै नेताहरूलाई सदस्यता अध्यावधिक अभियानमा सहयोग गर्न आग्रह गर्दै पार्टी एकता कायम राख्न सबैले जिम्मेवार भूमिका खेल्नुपर्ने बताउनुभयो ।
कांग्रेसले विगतमा गुमाएका लाखौँ समर्थक र शुभेच्छुकलाई पुनः पार्टीतर्फ आकर्षित गर्ने गरी एकताबद्ध भएर काम गर्नुपर्नेमा पनि थापाको जोड छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक