13th June 2026, Saturday

प्रतिनिधिसभाको बैठक बस्दै,बिपक्षी दलको अडान कायमै

Post Image
3 दिन अगाडी

News by: helpline

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ ।

संसद सचिवालयले बुधबार बिहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल शुरु गर्ने कार्यसूची रहेको जनाएको छ । बजेटमाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ अर्थमन्त्री डा स्वर्णिम वाग्लेले दिने कार्यसूची रहेको छ । यसै गरी अर्थ विधेयक अवधिभित्र फिर्ता नभएको जानकारी गराउने, चलचित्र विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने, प्रधानमन्त्रीको कार्यालयबाट प्राप्त कार्यभार थप बारे जानकारी गराउने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

 तर बिपक्षी दलहरुले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी दिएको अभिव्यक्ति सच्याउनुपर्ने माग गर्दै सदनमा लगातार अवरोध गरिरहेका छन् । प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको भनेर संसदमा दिएको अभिब्यक्रि सच्याउनु पर्ने र त्यसलाई संसदको रेकर्डबाट हटाउनुपर्ने अडान राखिरहेका छन् । यस्तो अवस्थामा बस्न लागेको बुधबारको बैठक पनि कार्यसूचीमा प्रवेश गर्ने या नगर्ने भन्नेमा अन्योलता रहेको छ ।



No ad available.


No ad available.