28th July 2026, Tuesday

प्रदेश सरकारबारे देखिएको अन्योल चाँडै अन्त्य हुने एमाले अध्यक्ष ओलीको दाबी

Post Image
4 दिन अगाडी

News by: helpline

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रदेश सरकारबारे देखिएको अन्योल चाँडै अन्त्य हुने बताउनुभएको छ ।

 नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलालको ४८ औँ स्मृति दिवसका अवसरमा राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले प्रदेश सरकार सञ्चालनको सन्दर्भमा देखिएका अस्पष्टतालाई हटाएर स्पष्ट ढंगले सरकार सञ्चालन गरिने बताउनु भयो ।

नेपाली काँग्रेस र नेकपा (एमाले) प्रदेश सरकारहरुमा सत्ता साझेदारी टुट्ने बहस भइरहेको बेला अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)सँग सहकार्यको तयारी भएपछि प्रदेश सरकारबाट एमाले बाहिरिसकेको छ ।

बुधबारमात्रै बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका थिए । बागमती सरकारमा एमालेबाट मधुसूदन पौडेल, डा. दिनेशचन्द्र देवकोटा, जयराम थापा, भरतबहादुर केसी, किरण थापा र बिन्दु श्रेष्ठ मन्त्री हुनुहुन्थ्यो ।

बागमतीमा कांग्रेस र एमालेको संयुक्त सरकार रहेकोमा एमालेले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री इन्द्र बानियाँ अल्पमतमा पर्नुभएको छ ।



No ad available.


No ad available.