News by: helpline
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडलले प्रधामन्त्री बालेन्द्र शाहले जानीजानी संसदको उपेक्षा गरेको आरोप लगाउनुभएको छ ।
आइतबार प्रजातान्त्रिक विचार समाज, नेपालको साधारण सभामा बोल्दै उहाँले प्रधानमन्त्रीको कार्यशैली अपरिपक्वताका कारण नभई नियतवश भएको आरोप लगाउनुभयो । प्रधानमन्त्री संसदप्रति उत्तरदायित्व हुनुपर्नेमा पौडेलको जोड छ । वर्तमान सरकारको गतिविधिले लोकतान्त्रिक व्यवस्था र संवैधानिक प्रणालीमाथि नै जोखिम बढाएको उहाँको भनाई छ । ठूलो जनविश्वासका साथ बनेको सरकार छोटो समयमै प्रश्नहरूको घेरामा पर्न थालेको उहाँले बताउनु भयो ।
यसले नागरिकमा निराशा बढ्दै जाने र व्यवस्था परिवर्तनकै खतरनाक सोच विकसित हुनसक्ने बताउनुभयो । उहाँल्ले सरकारले शक्तिको अत्यधिक केन्द्रिकरण गरेको पनि आरोप लगाउनुभयो । राजश्व अनुसन्धान, सम्पती शुद्धीकरण र विशेष अनुसन्धान जस्ता निकायहरूलाई प्रधानमन्त्री केन्द्रित बनाएको उहाँको आरोप छ ।
उहाँले संवैधानिक परिषद्लाई पपनि ६ सदस्यीय समितिमा ३ जनाले बहुमत पुग्ने संरचना बनाएको बताउनुभयो । उहाँकाअनुसार यस्तो अभ्यास विश्वमै दुर्लभ छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक