News by: helpline
काठमाडौं । प्रधानमन्त्री शुशीला कार्कीले तेस्रो पटक मन्त्रिमण्डल बिस्तार गर्नुभएको छ ।
जेनजी आन्दोलनको झण्डै डेढ महिनापछि प्रधानमन्त्री कार्कीको नेतृत्वको सरकार आइतबार तेस्रोपटक पुनर्गठन भएको हो । प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार दुई जना मन्त्री डा. सुधा शर्मालाई स्वास्थ्य तथा जनसंख्या र बब्लु गुप्तालाई युवा तथा खेलकुदमन्त्रीको शपथ ग्रहण गराउनु भएको छ ।
प्रधानमन्त्री कार्कीले सुरुमा आइतबार राष्ट्रपति पौडेलसमक्ष चार जनाको नाम सिफारिस गरेकी गर्नुभएको थियो । तर खगेन्द्र सुनारको नाम विवादमा आएपछि काटियो । गणपतिलाल श्रेष्ठको पनि आइतबार शपथ भएन ।
प्रधानमन्त्री कार्की सहित अब मन्त्रिपरिषद् १० सदस्यीय भएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक