News by: helpline
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मंगलबार सााझ सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।
सोमबार जेनजीको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि सरकारको सर्बत्र आलोचना भइरहेको छ । मंगलबार जेनजीको आन्दोलन थप चर्किएसँगै प्रधानमन्त्रीले साँझ ६ बजेका लागि सर्वदलीय बैठक आह्वान गर्नुभएको हो । ‘कुनैपनि रूपको हिंसा राष्ट्रको हितमा नहुने र शान्तिपूर्ण तथा संवादको माध्यमबाट समाधान खोज्ने परिपाटी नै हामीले अपनाउने विधि हो’, ओलीले मंगलबार जारी गरेको अपिलमा भनिएको छ ।
अपिलमा भनिएको छ– ‘उत्पन्न परिस्थितिको मूल्याङ्कन गर्न र सार्थक निष्कर्षका लागि सम्बद्ध पक्षसँग संवादमा रहेको र त्यसैको लागि आज साँझ ६ बजे सर्वदलीय बैठक आह्वान समेत गरेको छु ।’
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक