News by: helpline
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनु भएको छ । युवा पुस्ता जेनजीको आन्दोलन थप चर्किएपछि प्रधानमन्त्री ओलीले आज मंगलबार पदबाट राजीनामा दिनु भएको हो ।प्रधानमन्त्रीले राजीनामा दिएको उहाँको सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा दिनु भएको हो । ‘मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधान सम्मत राजनीतिक निकास र समस्या समाधनको थप पहलको लागि संविधानको धारा ७७ (१) क बमोजिम आजैका मितिदेखि लागु हुनेगरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको प्रधानमन्त्रीले राजीनामा पत्रमा उल्लेख गर्नुभएको छ । जेनजीको आन्दोलन नियन्त्रण बाहिर पुगेको छ ।
सोमबार जेनजीको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि सरकारको सर्बत्र आलोचना भइरहेको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक