3rd June 2026, Wednesday

प्रधानमन्त्री र राजनीतिक दलहरूप्रति डा कोइराला असन्तुष्ट

Post Image
10 महिना अगाडी

News by: helpline

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रधानमन्त्री र राजनीतिक दलहरूप्रति असन्तुष्टि ब्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत कोइरालाले घुस प्रकरणमा जोडिएका मन्त्रीलाई कारबाही नभएकोमा असन्तुष्टि जनाउनु भएको हो । सामाजिक सञ्जाल फेसबुकमा कोइरालाले लेख्नु भएको छ। यस्तै रहेछ यहाँको चलनः मन्त्रीक्वाटरमा विहानै आएर विचौलियाले घुसको व्रिफकेस छाड्छन्, आफ्नो विरुद्धमा प्रमाण जुटेपछि बर्खास्त हुनुपर्नेमा प्रधानमन्त्रीसँग मिठा कुरा गरेर मन्त्री मन्त्रीपरिषद बैठकमा भाग लिन्छन् । सदनमा विपक्षी कर्मकाण्डी राजिनामा माग्छन् तथा गठवन्धनका सहयात्री हामी नेपाली कांग्रेस भने ‘साक्षी किनाराका सदर’ भएका छौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले बिचौलियासँग घुस डिल गरेको प्रमाणित भइसक्दा पनि बर्खास्त नगरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको चौतर्फी आलोचना भइरहेको छ ।

No ad available.


No ad available.