News by: helpline
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार संसदमा दिएको अभिब्यक्तिको बिषयलाई लिएर विपक्षी दलहरूको निरन्तर अवरोधपछि प्रतिनिधिसभाको बैठक मंगलबार सम्मका लागि स्थगित गरिएको छ।
सोमबार बसेको बैठकमा विपक्षी दलहरूको विरोधका कारण १५ मिनेटका लागि स्थगित गरिएको थियो। तर पुनः सुरु भएको बैठकमा पनि विपक्षी सांसदहरूले अवरोध जारी राखेपछि संसद्को कामकारबाही अघि बढ्न सकेन। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले बैठक जेठ १९ गतेसम्मका लागि स्थगित भएको जानकारी दिनुभयो ।
प्रधानमन्त्री शाहको ‘नेपालले पनि भारतको भूमि मिचेको रहेछ’ भन्ने अभिव्यक्ति सच्याउनुपर्ने माग गर्दै विपक्षी दलहरूले संसद्मा विरोध जनाएका हुन्। विपक्षी सांसदहरूले प्रधानमन्त्रीको भनाइ राष्ट्रिय हितविपरीत रहेको भन्दै त्यसबारे स्पष्टिकरण र अभिव्यक्ति सच्याउनुपर्ने माग गरेका छन्।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक