News by: helpline
काठमाडौं । संवैधानिक परिषदले सर्बोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मालाई सिफारिस गरेको छ ।
आज बिहीबार सिंहदरबारमा बसेको संबैधानिक परिषदको बैठकले सर्बोच्चका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।बैठकमा प्रधानमन्त्रीलगायत संबैधानिक परिषदका सबै सदस्यहरुको उपस्थिति थियो ।परिषदको सिफारिसपछि शर्माको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गर्नुपर्ने कानूनी व्यवस्था छ ।संसदीय सुनुवाइ समितिले शर्माको नाम सिफारिस गरे उहाँ नेपालको ३३औँ प्रधानन्यायाधीश बन्नुहुनेछ । संसदीय सुनुवाइ समितिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बहुमत छ ।
रास्वपा संसदीय दलका नेता समेत रहनु भएका प्रधानमन्त्री बालेन शाहकोको सिफारिसमा शर्मा बहुमतबाट सिफारिसमा परेपछि अब संसदीय सुनुवाइमा कठिनाइ हुने छैन । १५ सदस्यीय सुनुवाइ समितिमा रास्वपाका ८ जना सदस्य छन् । संसदीय सुनुवाइबाट कुनै पनि व्यक्तिलाई अस्वीकृति गर्नका लागि दुई तिहाइ चाहिन्छ ।
अन्य दलहरूको दुइ तिहाइ पुग्दैन । ६ वैशाख २०७६ मा सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त शर्मा संसदीय सुनुवाइबाट अनुमोदन भएमा पुरै कार्यकाल अर्थात् ६ वर्ष प्रधानन्यायाधीश रहनु हुनेछ । नेपालको न्यायिक इतिहासमा वरिष्ठतम् न्यायाधीशको साटो रोलक्रमको चौथो क्रममा रहनु भएका न्यायाधीश प्रधानन्यायाधीशमा सिफारिस भएको यो पहिलो घटना हो । वरिष्ठताका आधारमा पहिलो नम्बरमा न्यायाधीश सपना प्रधान मल्ल हुनुुहुन्थ्यो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक