3rd June 2026, Wednesday

पूर्वमन्त्री विक्रम पाण्डे चार लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

Post Image
2 हप्ता अगाडी

News by: helpline

काठमाडौं । काठमाडौं जिल्ला अदालतले ई–बिडिङ प्रकरणमा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का नेता एवं पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई भने धरौटीमा छाड्न आदेश भएको छ।

पाण्डेलाई चार लाख रुपैयाँ धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको हो । 

जिल्ला अदालत काठमाडौंका मुख्य न्यायाधीश चुरामन खड्काको इजलासले कर्मचारी र निर्माण व्यवसायीसहित २२ जनाविरुद्ध दायर मुद्दामा ११ जनालाई धरौटीमा रिहा आदेश दिएको हो।

 पाण्डे लगायतलाई प्रहरीको केन्द्रीय अनुसनधान ब्युरो (सिआइबी)ले सरकारी खरिद प्रणाली ह्याक गरी ठेक्का विवरण हेरफेर गरिएको आरोपमा अनुसन्धान गरेको थियो।



No ad available.


No ad available.