News by: helpline
काठमाडौं । रुपन्देहीको देवदहमा बुधबार भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परेरअन्य २७ जना यात्रु घाइते भएका छन् । बुटवल–बर्दघाट सडक खण्डअन्तर्गत देवदहको गणेशनगरस्थित प्रतीक्षालयनजिक माइक्रो बस र ईभी माइक्रो बस एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
बुटवलबाट बर्दघाटतर्फ आउँदै गरेको लु. १ ख. ७२८५ नम्बरको माइक्रो बस र नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको बागमती प्रदेश ०० ख ८९२८ नम्बरको ईभी माइक्रो एक आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा घाइते भएकामध्ये दुई जनाको देवदह मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक