3rd June 2026, Wednesday

राप्रपाका उपाध्यक्ष एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ

Post Image
1 महिना अगाडी

News by: helpline

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष एवं पूर्वमन्त्री विक्रम पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ ।

सरकारी बोलपत्रको वेबसाइटमा पहुँच राखेर ठेक्का आफ्नो कम्पनीलाई पारेको कसुरमा उनलाई पक्राउ गरिएको हो ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबीको )को टोलीले आज पाण्डेलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार सार्वजनिक खरिद अनुगमन कार्यालयको प्रणालीमा अनाधिकृत पहुँच पुर्‍यााइ विभिन्न ठेक्काहरूका विवरण हेरफेर गरेको आरोपमा पक्राउ गरिएको हो ।

पाण्डेसँगै भीषण कन्ट्रक्सनका सञ्चालक टंककुमार श्रेष्ठलाई पनि सोही कसुरमा पक्राउ गरिएको सिआइबीले जनाएको छ । उनीहरूमाथि सार्वजनिक खरिद अनुगमन कार्यालयको ठेक्काको आर्थिक प्रस्ताव खोल्नुभन्दा अगावै आर्थिक प्रस्तावको डकुमेन्ट परिवर्तन गर्ने कार्य गरेको उजुरी निवेदनका आधारमा साइबर ब्यूरो भोटाहिटीमा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता भएको थियो ।

सोही कसुरमा ब्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी हाल परिवर्तन भएको सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा पाण्डेमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पाण्डे कालिका कन्स्ट्रक्सनका सञ्चालक हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता पाण्डे बिरुद्ध सिक्टा सिञ्चाई आयोजनामा भ्रष्टाचार गरेको कसुरमा अख्तियारले २०७५ मा मुद्दा दायर गरेको थियो। पाण्डे २०७९ मा सहरी विकाश मन्त्री भएका थिए ।



No ad available.


No ad available.