12th September 2026, Saturday

रसुवाको भोटेकोशी बाढीमा परेर मृत्यु हुनेको संख्या १२ सय ५० भन्दा बढी पुग्यो, ५ हजार ८३ जना बेपत्ता

Post Image
1 हप्ता अगाडी

News by: helpline

काठमाडौं ।यही भदौ १० गते बुधबार रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा कारण हालसम्म १ हजार २५९ जनाको मृत्यु भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीबारे दिएको बिहिबार साँझ सम्मको पछिल्लो विवरण अनुसार विभिन्न जिल्लाबाट १ हजार २५९ वटा शव फेला पारिएको छ ।

 फेला परेका शवहरूमध्ये हालसम्म ९५ वटाको मात्र सनाखत भई आफन्तलाई बुझाइएको छ। चितवनबाट सबैभन्दा बढी ३५५, नुवाकोटबाट १७७, रसुवाबाट १२७, धादिङबाट ६०, गोरखाबाट ७२, तनहुँबाट ३८, नवलपरासी पूर्वबाट २१८ र नवलपरासी पश्चिमबाट २१२ वटा शव भेटिएका छन्। प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रबाट अझै करिब ५ हजार ८३ जना व्यक्तिहरू सम्पर्कविहीन रहेका छन्। जिल्ला प्रशासन कार्यालय रसुवाको अद्यावधिक विवरणअनुसार करिब २ हजार १३० जना र नुवाकोट प्रशासनको विवरणअनुसार २ हजार ३४० जना नेपाली तथा ५८३ जना विदेशी नागरिक बेपत्ताको सूचीमा छन्।

यसैगरी विपद्मा परी घाइते भएका ५ हजार ३८४ जनाको उपचार गरिएको छ, जसमा नेपाली सेनाबाट ३ हजार २०६ जना, सशस्त्र प्रहरीबाट १,८७४ जना तथा विभिन्न अस्पतालहरूमा ३०४ जनाको उपचार भइसकेको छ। उद्धार कार्यलाई तीव्रता दिँदै सुरक्षा निकायले हालसम्म १२,०३८ जनाको सकुशल उद्धार गरेको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी कुल २१,४०२ जना सुरक्षाकर्मी खोजी तथा उद्धारमा खटिएका छन्।



No ad available.


No ad available.