11th September 2026, Friday

रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर १३ सय ५० बढीको मृत्यु, झण्डै ५ हजार बेपत्ता

Post Image
3 दिन अगाडी

News by: helpline

काठमाडौ । यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा परेर ज्यान गुमाउनेको संख्या १ हजार ३ सय ५६ पुगेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाए अनुसार हालसम्म भोटेकोशी बाढीका कारण १ हजार ३ सय ५६ जनाको शव भेटिएको छ । प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार बाढी र पहिरोमा परी ठुलो संख्यामा मानवीय क्षति हुनुका साथै करिव ५ हजार व्यक्ति अझै सम्पर्कविहीन छन् । प्राधिकरणकाअनुसार बाढीबाट सबैभन्दा बढी चितवनमा ३६३ जनाको मृत्यु भएको छ ।

त्यस्तै, नवलपरासी पूर्वमा २२३, नवलपरासी पश्चिममा २२१, नुवाकोटमा १९७, रसुवामा १६९, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव फेला परेको छ । फेला परेका शवहरूमध्ये हालसम्म ९८ जनाको मात्र पहिचान खुलेको छ । पहिचान हुन बाँकी शवहरूको डिएनए परीक्षणका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा फोटो र नाता प्रमाणितसहित सम्पर्क गर्न प्राधिकरणले आग्रह गरेको छ । विपद्मा परी हालसम्म ६,६७६ जना घाइते भएका छन् । 

जसमध्ये ३२७ जनाको विभिन्न १० वटा अस्पतालमा उपचार भइरहेको छ भने २४२ जना उपचारपछि घर फर्किएका छन् । घाइतेहरूको उपचारमा नेपाली सेनाले ३,३७९ र सशस्त्र प्रहरीले २,९७० जनालाई सेवा प्रदान गरेका छन् । बाढी प्रभावित क्षेत्रबाट हालसम्म १३,३९६ जनाको सफल उद्धार गरिएको छ । रसुवा, नुवाकोट र धादिङका ३९ वटा होल्डिङ सेन्टरमा ३,५३३ जनालाई सुरक्षित राखिएको छ । अझै पनि ४,९९४ जना व्यक्तिहरू बेपत्ता रहेका छन् ।

बेपत्ताहरूको खोजी तथा उद्धारका लागि २१ हनजार ४०२ जना सुरक्षाकर्मी परिचालन गरिएको छ, जसमा नेपाली सेनाका ९ हजा्र २८७, नेपाल प्रहरीका ७ हजार ९१२ र सशस्त्र प्रहरीका ४ हजार २०३ जना रहेका छन् । उद्धार कार्यका लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरहरूले १,४७९ पटक उडान भरेका छन् ।



No ad available.


No ad available.