News by: helpline
काठमाडौं । गतहप्ताको बुधबार भोटेकोशी नदीमा आएको बाढीको कारण रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका –२ टिमुरे अहिले सुनसान छ ।
सञ्चार विच्छेद र सडक सञ्जाल टुटेको कारण सम्पर्कविहीन व्यक्तिहरुको खोज तथा उद्धारका लागि हाल प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी खटिएको छ । भोटेकोशी नदीमा आएको भीषण बाढीले सो क्षेत्रका सबै बस्ती बगाएपछि २ हजार १ सयभन्दा बढी व्यक्तिहरु पूर्णरुपमा सम्पर्कविहीन छन् ।
सशस्त्र प्रहरी बल नेपालले आफ्नो सीमित स्रोतसाधन र प्रतिकुल भौगोलिक अवस्थाका बावजुद सो क्षेत्रमा खोजी तथा उद्धार कार्य गर्दै आइरहेको छ । हालसम्म सशस्त्र प्रहरीले त्यसक्षेत्रमा बेपत्ता भएका ९७ जनाको शव फेला पारेकोे छ । बाढीको कारण सो क्षेत्रका स्थानीय बासिन्दा मात्र नभइ सुरक्षाकर्मी तथा नेपाली र विदेशी पर्यटकहरु सम्पर्कविहीन भएका छन् । सम्पर्कबिहीन भएकाहरुको खोज तथा उद्धारका लागि हाल त्यस क्षेत्रमा सशस्त्र प्रहरी बाहेक अन्य निकाय तथा स्थानीय छैनन् ।
सशस्त्र प्रहरीले त्यस क्षेत्रमा सम्पर्कबिहीन भएकाहरुको भाद्र १० गतेदेखि नै निरन्तर खोज तथा उद्धार कार्यमा जुटेको छ । अन्य स्रोतसाधन प्रयोग गर्न सहज नभएता पनि सशस्त्र प्रहरीले आधुनिक प्रविधिको प्रयोग गर्दै बेपत्ताहरुको ड्रोन क्यामरा र केनाइन डगको समेत सहयोगमा खोजीकार्य जारी राखेको जनाएको छ । बाढी पहिरोले स्याफ्रुवेशीदेखि रसुवागढी सडक खण्ड लगायतका मूख्य राजमार्गका करिव ४१ भन्दा बढी पुल बगाएको छ ।
भौगोलिक विकटता, विद्यु्त आपूर्ति अवरुद्ध भएको कारण त्यस क्षेत्रमा बेपत्ता भएका व्यक्तिहरुलाई सम्पर्क गर्न कठिन भएको प्रहरीको भनाइ छ । त्यस क्षेत्रमा परिचालित सशस्त्र प्रहरी बल नेपालका ९ जना कर्मचारी बेपत्ता हुँदा समेत अन्य क्षेत्रबाट थप जनशक्ति खटाइ बेपत्ता भएकाहरुको खोजी कार्यमा निरन्तर जुटिरहेको छ । बाढीमा परी घाइते तथा सकुशल उद्धार गरिएका नागरिकलाई सुरक्षित साथ रसुवाको धुन्चेमा रहेको होल्डिङ सेन्टरमा पठाइएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक