28th July 2026, Tuesday

रास्वपा नेतृत्वको सरकारको ब्रेक गन्तव्यमा पुगेपछि मात्रै रोकिने –प्रधानमन्त्री बालेन्द्र

Post Image
1 महिना अगाडी

News by: helpline

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाहले रास्वपा नेतृत्वको सरकारको ब्रेक गन्तव्यमा पुगेपछि मात्रै रोकिने बताउनुभएको छ ।

चितवनको भरतपुरमा आइतबार रास्वपाको पहिलो महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्ने क्रममा नेकपा (एमाले)का नेता प्रदीपकुमार ज्ञवालीले सरकारको सञ्चालनलाई गाडीको ब्रेक र एक्सिलेटरसँग तुलना गर्नुभएको प्रसङ्गलाई जोड्दै प्रधानमन्त्री शाहले सरकारको गति गन्तव्यमा पुगेर मात्र रोकिने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “गाडीमा ब्रेकको चिन्ता लोकल सडकमा हिँड्दा मात्र हुन्छ ।

 हाम्रो गाडी कुनै लोकल सडकमा होइन, ‘एक्सप्रेस वे’ मा गुडिरहेको छ, जुन गन्तव्यमा पुगेपछि मात्रै रोकिन्छ ।” उहाँले वर्तमान सरकारको यही कार्यकालभित्रै सुकुमवासी तथा सहकारी क्षेत्रका समस्यालाई पूर्ण रूपमा समाधान गर्ने दृढ विश्वास दिलाउनुभयो । शाहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई पासपोर्ट खरिद प्रकरणमा अनुसन्धानका लागि दबाब दिएको स्वीकार गर्नुभयो ।

पासपोर्ट खरिद प्रकरणमा पदमै रहेका जिम्मेवार पदाधिकारी र राजनीतिक व्यक्तिमाथि अनुसन्धान गर्न प्रधानमन्त्रीका सचिवालयका सदस्यले सिंहदरबारमै घण्टौ बन्धक बनाएको समाचार बाहिरिएको थियो। त्यसलाई पुष्टि हुने अभिव्यक्ति दिँदै शाहले आवश्यक परे थप अवधि पनि सल्लाह गर्ने जवाफ दिनुभयो ।



No ad available.


No ad available.