19th April 2026, Sunday

रास्वपाको जिल्ला अधिवेशन वैशाख १५ गतेदेखि गर्ने निर्णय, सोमबार केन्द्रीय समिति बैठक

Post Image
1 घण्टा अगाडी

News by: helpline

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ।

आज (आइतबार) पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो । बैठकपछि प्रवक्ता मनिष झाले वैशाख १५ बाट जिल्ला अधिवेशन सुरु गरिने जानकारी दिनुभयो । झाका अनुसार पार्टीको संगठन विस्तार तथा सुदृढीकरणलाई लक्षित गर्दै जिल्ला अधिवेशनको कार्यतालिका तय गरिएको हो। रास्वपाको सोमबार केन्द्रीय समिति बैठक बस्दैछ ।

केन्द्रीय समितिमा सचिवालय बैठकका एजेन्डा अनुमोदन गर्ने लगायतका कार्यसूची तय गरिएको छ । रास्वपा केन्द्रीय समिति बैठकको प्रस्तावित कार्यसूचीमा पार्टी गतिविधि व्रिफिङ, केन्द्रीय सदस्यहरुको रिपोर्टिङ (२० जना २ मिनेटका दरमा), केन्द्रीय समिति पदाधिकारी मनोनयन , महाधिवेशन कार्यविधि मस्यौदा,विधान संशोधन, स्थानीय तह उम्मेदवार क्लब गठन र आवेदन आब्हान, प्रवासमा रहेका नेपालीहरुलाई प्रवासबाटै मताधिकार दिने,. सचिवालयका निर्णय अनुमोदन लगायत रहेका छन् ।



No ad available.


No ad available.