28th July 2026, Tuesday

रास्वपाको महाधिवेशन शुरु, प्रधानमन्त्री बालेन्द्र र पार्टी सभापति रवि लामिछानेद्वारा उद्घाटन

Post Image
1 महिना अगाडी

News by: helpline

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन शुरु भएको छ ।

 चितवनको भरतपुरस्थित गेस्टहाउस चौरमा विशेष समारोहका बिच शुरु भएको उक्त महाधिवेशनको प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपाका पार्टी सभापति रवि लामिछानेले संयुक्त रूपमा पार्टीको निर्वाचन चिह्न ‘घण्टी’ बजाएर उद्घाटन गर्नुभएको थियो ।

 समारोहमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेकपा (एमाले)का नेता प्रदीपकुमार ज्ञवाली, नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताले सहभागी भई महाधिवेशनको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । रास्वपाले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई महाधिवेशनमा आमन्त्रण गरेको थियो ।

महाधिवेशनमा हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीको भने सहभागिता नरहेको जनाइएको छ । महाधिवेशन असार ९ गतेसम्म चल्नेछ ।



No ad available.


No ad available.