News by: helpline
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नितिन नवीनबिच भारतको राजधानी नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।
भारत भ्रमणमा रहनुभएका सभापति लामिछानेले नयाँ दिल्लीस्थित भाजपाको केन्द्रीय मुख्यालयमा पुगेर अध्यक्ष नवीनसँग भेटघाट गर्नुभएको हो । भेटका अवसरमा दुई दलबिचको आपसी सम्बन्ध, नेपाल–भारत द्विपक्षीय चासो र आपसी सहकार्यका विविध पक्षमा छलफल भएको भाजपाले जनाएको छ। जेठ १८ देखि २२ गतेसम्मको भारत भ्रमण क्रममा सभापति लामिछानेसहितको प्रतिनिधिमण्डलले नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने छ ।
लामिछाने सोमबार भारत जानु भएको हो । सत्तारुढ भाजपाको निमन्त्रणामा दिल्ली पुग्नुभएका सभापति लामिछानेलाई भाजपा पार्टी कार्यालयमा भव्य स्वागत भएको थियो । लामिछाने भाजपा कार्यालय पुग्दा परम्परागत झाँकी र फूलमालासहित भाजपाका नेता कार्यकर्ताहरूले स्वागत गरेका थिए ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक