News by: helpline
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछानेले उम्मेदवारी दर्ता गराउनु भएको छ।
सभापतिको प्रस्तावकमा पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह रहनु भएको छ । रास्वपाको चितवनमा जारी महाधिवेशन अन्तरगत बन्दसत्र सकिएलगत्तै लामिछानेले सभापतिमा उम्मेदवारी दर्ता गराउनु भएको हो । रास्वपा महाधिवेशनमा सभापति र केन्द्रीय सदस्यको सुरुमा चुनाव हुने प्रावधान छ ।
त्यसको परिणाम आएपश्चात पदाधिकारीहरुको चुनाव हुन्छ । निर्वाचन तालिका अनुसार साँझ ७ बजेदेखि साढे सातसम्म सभापति पदको फारम वितरण र दर्ता, केन्द्रीय सदस्यको साढे सात देखि साढे ९ बजेसम्म, उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन राति १० बजे हुने छ । त्यस्तै उम्मेदवारविरुद्ध दाबी विरोधका लागि राति साढे १० बजेसम्मको समय तोकिएको छ ।दाबी विरोधमा परेका उजुरीबारे जाँचबुझ राति ११ बजेसम्म सकिने र उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय राति सवा ११ बजेसम्मको समय तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली राति पौने १२ बजे प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक